चितवन । माडीको कल्याणपुर स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर जाँच तथा निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन सुरु भएको छ ।
दुई दिनसम्म जारी रहने सो शिविरमा विशेषज्ञ चिकित्सक डा. रामप्रसाद सापकोटाले स्वास्थ्य जाँच गरिरहनुभएको हो । आइतबार १०५ जना महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएको र भोलि सोमबार पनि शिविर जारी रहने आयोजक माडी नगरपालिकाले जनाएको हो ।
यसैबिच, आउँदो पाैषा ६ गते बिहान ११ बजेदेखि माडीकै बसन्तपुरस्थित बघौडा अस्पतालमा सरुवा रोग, क्यान्सर रोग तथा अन्य स्वास्थ्य सम्बन्धी परीक्षण हुने भएको छ ।
सो शिविरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका बरिष्ट सरुवा रोग विषेशज्ञ डा. शेर बहादुर पुन र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुहुनेछ ।