चितवन। भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पस बिच विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ । बिहीबार बिरेन्द्र बहुमुखी क्याम्पसले आयोजना गरेको बिरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिका बिच सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दयाराम पौडेलका बिचमा विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको हो ।
आमनागरिकलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरि भरतपुर महानगर र बिरेन्द्र बहुमुखी क्याम्पस एक आपसमा सहकार्य गरि स्मार्ट शिक्षाको पहुँचमा सबैलाई जोड्न सकिने गरि प्रक्रिया अगाढि बढाइने भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले क्याम्पस सगको सम्बन्ध सधै सुमधुर रहेको बताउदै क्याम्पसको लागी सधै सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भयो ।
बिगत ६ बर्ष यता भरतपुरको शैक्षिक गुणस्तरले नसोचेको फड्को मारेको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तरमा क्याम्पस अब्बल रहेको समेत उल्लेख गर्नु भयो । महानगर सबै क्षेत्र सग सहकार्य गर्न तयार छ प्रमुख दाहालले भन्नू भयो, क्याम्पसका एजेन्डाहरुलाइ आगामी दिनहरुमा क्रमश पूरा गर्दै जाने छौ ।
कार्यक्रममा बोल्दै उप प्रमुखले उच्च शिक्षाको गर्बिलो सस्थाको रुपमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पस सग सहकार्य गर्न महानगर तयार रहेको बताउनु भयो । हामी क्याम्पस प्रशासन सग सहकार्य गरि अगाडि बढ्न तयार छौ उप प्रमुखले भन्नू भयो, त्यसको लागी क्याम्पस बैज्ञानिक एजेन्डा सहित आउन आबश्यक छ । हामी सहकार्य गरि अगाडि बढ्न तयार छौ उहाँले भन्नू भयो,स्मार्ट सिटि निर्माणका लागि हामी स्मार्ट शिक्षाको परिकल्पना सहित अगाडि बढेका छौ ।
आकाशे पुल, स्मार्ट शौचालय, सि सि क्यामरा राख्ने सवालमा महानगरले दिन रात नभनी काम गरिरहेको पनि उप प्रमुखले उल्लेख गर्नु भयो । साथै उहाँले क्याम्पस प्रमुखको कार्यकक्षमा बिगत ४ महिना देखि लगाइएको ताला सहमति र सहकार्यको माध्याम बाट तत्काल खोल्न सम्बन्धित पक्ष सग आग्रह पनि गर्नु भएको छ । २०२२ साल बैशाख १५ गते देखि सन्चालनमा आएको उक्त क्याम्पसले २०३० सालबाट आगिक क्याम्पसको रुपमा मान्यता पाएको थियोे । हाल उक्त क्याम्पसमा ६ हजार २ सय ६२ जना विद्यार्थी अध्ययनरत छन ।