काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रतितोलामा २०० रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ छ । चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।