चितवन। नेकपा एमाले चितवनका नेता तथा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।
मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेपछि नेकपा एमाले त्याग गरेका हुन् । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गरेका छन् । । उनी चितवन क्षेत्र नम्बर १ को ख बाट वाग्मती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका थिए ।