चितवन । माडी नगरपालिकाले आमा र बुबा दुबैको मृत्यु भएका वा नरहेका बालबालिकाहरुलाई प्रदेश सरकारको सहयोगमा मासिक भत्ता दिने भएको छ ।
नगरपालिकाले बागमती प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट नगर क्षेत्रका अनाथ र सहयोगापेक्षी बालबालिकाहरुलाई मासिक रु. २ हजार भत्ता दिने जनाएको हो ।
यस अन्तरगत नगरभित्र आबा र बुबा दुबैको मृत्यु भएको वा दुबै बेपत्ता भएको वा दुबैको संरक्षण र रेखदेखबाट बञ्चित भई अरुको संरक्षणमा रहेका १८ बर्षमुनिका बालबालिकाहरुको तथ्यांक संकलनको काम चलिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख उषा आचार्यले जानकारी दिनुभयो ।
नगर क्षेत्रभित्र यसप्रकारका सहयोगापेक्षी बालबालिकाहरु कहिँकतै रहे सम्बन्धित वडा कार्यालयमा जानकारी दिन नगरपालिकाको अनुरोध छ ।