काठमाडौँ। सन् २०१० को विश्वकप विजेता स्पेन कतार विश्वकप २०२२ को नकआउट चरणबाट बाहिरिएको छ।
मंगलबार भएको मोरक्कोसँगको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा टुङ्गिएसँगै पेनाल्टी सुटआउटमा गएको खेलमा मोरक्को ३–० ले विजयी भयो।
यससँगै स्पेन विश्वकपको नकआउट चरणमा पुगेको पछिल्लो पाँच विश्वकपको नकआउट चरणको खेल अतिरिक्त समयमा गएको छ।
यसअघि समूह चरणको अन्तिम खेलमा जापानसँग २–१ गोलले पराजित भएको स्पेनले नकआउट चरणमा पनि आफ्नो खराब प्रदर्शन जारी राखेको हो।
यससँगै स्पेन दोस्रोपटक विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमार्फत बाहिरिएको हो।
सन् २०१८ मा भएको रुस विश्वकपमा पनि स्पेन घरेलु टोली रुससँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै नकआउटबाट बाहिरिएको थियो।
उता मोरक्को भने पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। मोरक्को यो विश्वकपको क्वार्टरफाइनमा पुग्ने एकमात्र अफ्रिकी टोली हो।