काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलाउने भएको हो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको बताए ।
उनका अनुसार नेपालले सेप्टेम्बर ९ र १२ तारिख (भदौ २४ र २७ गते) मा बंगलादेशसँग खेल्नेछ । यता, पुरुष टोलीले पनि भदौ १७ र २० गते भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।