काठमाडौं। ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर बेलयात पुगेकी गौरिकाले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन् ।
गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण गर्दा आफ्नो नतिजा पनि पोजेटिभ आएको जानकारी दिइन् । उनले आफूलाई कुनै लक्षण नदेखिएको र खोपको दुवै डोज लगाएपनि १० दिनको लागि क्वारेन्टिन बस्ने बताएकी छिन्