कञ्चनपुर। बैतडीमा एकजना युवतीको घाँटी रटेर विभत्स हत्या गरिएको छ। उक्त घटना अर्की घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका-४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको हो।उनको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिरनजिकै टेलिफोन टावरको छेउमा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
‘घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला परेको छ, अहिले घटनास्थलमा आएका छौँ, घटनाबारे विस्तृत बुझ्दैछौँ,’ उनले भने। जोशीका अनुसार सैलोडाकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी छन्।उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा घाइते अवस्थामा फेला परेकी हुन्।उनको अवस्था सामान्य छ। उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएका दुवैजना घर नफर्केपछि खोजी भएको थियो।