चितवन । प्रतिनिधिसभा सदस्य चितवन ३ मा निर्वाचित विक्रम पाण्डेलाई डा. भाेजराज अधिकारीले बधाई दिएका छन् । राप्रपाका उपाध्यक्ष पाण्डेलाई लाेकतान्त्रिक बाम गठबन्धनका समेत उम्मेदवार एवं माओवादी केन्द्रका नेता डा. अधिकारीले बधाई दिएका हुन् ।
रामपुर कृषि क्याम्पस स्थित मतगणना स्थलमा पुगेर कार्यकाल सफलताको शुभकामना दिए ।सँगसँगै प्रदेश सभा सदस्य चितवन ३(१) बाट निर्वाचित राप्रपाका ज्ञानजंग लामा र ३(२) बाट निर्वाचित माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाललाई समेत बधाई एवं शुभकामना दिएका छन् । यसैक्रममा डा. भाेजराजले जनताको अभिमतलाई कार्यक्षेत्रमा सफलता पुर्वक सम्पन्न गर्न सुझाव दिए । “जनताको विजयी मत पाउनुभयो” उनलेे भने,” अब विकासलाई यथार्थमा परिणत गर्ने समय आएकाे छ ।”
यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि पाण्डेलाई बधाई एवं कार्यकालको शुभकामना दिईन् ।शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए ।