चितवन । नेपाली कांँग्रेस कालिका नगरपालिका वडा नम्बर २ को पार्टी कार्यालय स्थापना भएको छ। आज एक औपचारिक कार्यक्रम गरी कार्यालयको उद्ध्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।
नेपाली काँग्रेस कालिका वडा न. २ को आयोजना गरेको कार्यक्रममा १०५ जना युवाहरु कांँग्रेस प्रवेश गरेका छन । राजकुमार अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरि १ सय ५ जना युवाहरु काँग्रेसमा प्रवेश गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
नव प्रवेशीहरुलाइ खादा माला र अविरले सम्मान गरिएको थियो । नेपाली कांँग्रेस कालिका नगरपालिका वडा नम्बर २ का वडा सभापति दुर्गा प्रसाद आचार्यको सभापतित्व, श्रेष्ठको प्रमुख आतिथ्यता र काँग्रेस चितवन जिल्ला सचिब उत्तम जोशी ,कमल प्रसाद आचार्य , सरोज गुरुङ, कृष्ण कुमार श्रेष्ठ , भरत लामिछाने ,जनार्दन दाहाल, राजु श्रेष्ठ,अनमोल अधिकारी लगायतको विशेष सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै जिल्ला सभापति श्रेष्ठले आगामी चुनाबमा स्थानिय , पालिका र प्रदेश तिनै तहमा कांँग्रेस हाबी हुने र जित सुनिश्चित हुने विश्वास व्यक्त गरे । यस अघिको चुनाबमा झिनो मतान्तरले पराजित भएपनि आगामी हुने स्थानिय चुनाबमा कालिकामा मात्र नभै जिल्ला भर नै कांँग्रेसको वर्चस्व हुने उनको भनाई छ ।