काठमाडौं । जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको २ लाख डोज खोप शनिवार नेपालमा आइपुगेको छ ।
जापान सरकारले १६ लाख १४ हजार ७४० डोज अस्त्रजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकोमा शनिवारमात्रै २ लाख ८ हजार ७०० डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसअघि पनि जापानबाट ९ लाख डोज खोप आइसकेको छ ।
अब बाँकी खोप पनि आगामी सोमवारसम्म आइसक्ने बताइएको छ ।