चितवन । मंसिर ४ काे निर्वाचन नजिकिँएसँगै उम्मेदवारहरूले चुनावी दाैडधुप आक्रामक बनाएका छन् । मत माग्ने घरदैलोकाे अन्तिम दिन आज उम्मेदवारहरूले विहानैदेखि बाँकी रहेका औपचारिक- अनाैपचारिक भेटघाट बढाएका हुन् ।
यसै सन्दर्भमा चितवनको चुनावी माहोल तातेकाे छ । त्यसमा पनि चितवन निर्वाचन क्षेत्र नम्बर ३ लाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएको र यसपटक फरक उम्मेदवार प्रस्तुत भएकालेे पनि यहाँ सबैकाे चासो बढेको हाे । सँगसँगै काँग्रेससहितको गठबन्धन र एमालेकाे उम्मेदवार नभएकोले पनि मैदानमा भएका उम्मेदवारहरू एकअर्कालाई मनाउन चाहान्छन् ।
यसै क्रममा प्रचण्डको कार्यभार लिने गरि वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारी पनि चुनावी प्रतिस्पर्धामा छन् । चितवनको माडी देखि भरतपुरकाे पश्चिम भेग चितवन ३ मा पर्छ । कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमाेर्चा, जसपा नेपालसहित केही स्वतन्त्रकाे पनि डा. भाेजराजलाई सडमर्थन छ । तर प्रतिस्पर्धामा कांग्रेसकै बागी पुर्व केन्द्रीय सदस्य दिनेश काेईराला मैदानमा छन् । उनलाई नेकपा एमाले समेतको समर्थन छ । यसकारण पनि उनलाई चुनाैती छ । राप्रपाका विक्रम पाण्डेले पनि केही जनसमर्थन पाउने विश्लेषण देखिन्छ । अन्य उम्मेदवार खासै चर्चामा छैनन् । डा. भाेजराजलाई गठबन्धन अन्तर्गत कांग्रेसकै मत काटिने चिन्ता छ । तर पनि गठबन्धनकै नेतृत्वकर्ता कांग्रेसले उनलाई विश्वस्त बनाउने प्रयास गरिरहेकाे छ । कांग्रेस भित्र बलियो समुहका रूपमा स्थापित विकास काेईराला समुह उनका लागि अाशाकाे बलियो आधार हाे । काेईराला समुह गठबन्धनकै पक्षमा छ ।
एमालेकाे सहयोग रहने विश्वास
उनलाई एमालेकाे साथ पाउने विश्वास छ । प्रथमतः यहाँ एमालेकाे उम्मेदवार नै छैनन् । मुल कारण एमाले कार्यकर्ता स्वतन्त्र हुदाँ उनलाई एमाले पंक्तिबाट अत्याधित मत आउँछ । त्यसमा पनि उनलेे धेरै आधार प्रस्तुत गरेका छन् । पहिलो कारणका रूपमा विभिन्न कालखण्डमा एमाले भित्रका केही ईमान्दार नेता, कार्यकर्तासँग (स्वास्थ्यकर्मीसहित) आफ्नै पक्षमा हुनेछन् ।
दाेस्राे कारण उनको कार्यशैली र स्वभाव हाे । डा. भाेजराज सरल, मिलनसार, हितकारी, एकअर्काको अपनत्व स्वीकार्न सक्ने उनको क्षमता छ । तेस्रो कारण: अन्य उम्मेदवार भन्दा उनी याेग्य, विज्ञ र क्षमता छन् भन्ने जनविश्वास सर्वप्रिय छ । चाैथाे कारण : उनी युवा हुन् । पाचौं कारण : फरक पेशाबाट आएका अन्य भन्दा ईमान्दार हाेलान् । छैटौं : उनका एजेन्डा (६ ‘स’) स्पष्ट छन् । साताैं चिकित्सकिय पेशाबाट आएकाले स्वास्थ क्षेत्रमा केही नयाँ याेजना ल्याउन सक्छन् साथै कार्यान्वयनका लागि कार्यकारी जिम्मेवारी (स्वास्थ्य मन्त्री) हुनसक्ने सम्भावना पनि छ । र अन्त्यमा उनी बामपंथी भएकोले पनि एमाले पंक्ति उनलाई मत दिन सक्छन् ।