चितवन । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारीले शिक्षक अस्पताल बनाउन पहल गर्ने बताएका छन् । यसअघि गठबन्धन सरकारले निर्णय गरिसकेको स्मरण गराउदै उनलेे अस्पताल निर्माण प्रक्रिया कार्यान्वयन गर्ने बताएका हुन् । भरतपुर १५ काे भगवानपुरमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै डा. भाेजराजले निजामती अस्पताल अन्तर्गत विशिष्टिकृत अस्पतालका रूपमा निर्माण गरिने बताए ।
३०० शैया क्षमताको संघीय शिक्षक अस्पताल बनाउने वर्तमान सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रडशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्छ ।२१ बिगाह जग्गामा साे शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएकाे हाे ।
पश्चिम चितवनको भुगाेल र यहाँको अावश्यकतालाई ख्याल गर्दै भरतपुर महानगरपालिकाले साे अस्पताल बनाउने योजना सिफारिस गरेको उनलेे बताए । केन्द्रीय निजामती अस्पताल बनाउने सन्दर्भमा अाफुले समेत सुझाव दिएको डा. भाेजराजले बताए । स्थानीय युवा र महिलाहरूलाई सम्बाेधन गर्दै उनलेे निर्वाचनमा महिला र युवाकाे भुमिका नै निर्णायक रहेको बताए । “परिवारमा असल शिक्षा दिन नारी र युवा शक्ति प्रभावकारी हुन्छन्”, उनलेे भने,”चुनावमा हुने दुश्प्रचार नियन्त्रण गर्न पनि नारी र युवा निर्णायक हुनेछन्” । त्यसकारण यथार्थ बुझेर मतदान गर्न उनको अाग्रह छ ।