नवलपुर । नवलपुरमा ठूलो परिमाणमा लागुऔषध सहित ट्याक्सीमा सवार दुईजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा गुल्मी सर्सिनी वडा नम्बर ८ का प्रेम बहादुर भुषाल र अर्का ट्याक्सीमा सवार रुपन्देही सांस्कृतिक नगरपालिका वडा नम्बर १० का सोम बहादुर भण्डारी रहेका छन । उनीहरुको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज सवा १२ बजेको समयमा पूर्व विनयी त्रिवेणी गाउंँपालिका वडा नंम्बर १ होङसी जाने गेट अगाडी पूर्वपश्चिम राजमार्ग सडकखण्डमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पूर्व तर्फ आउदैँ गरेको लु १ ज ३९४८ नम्बरको ट्याक्सीमा लागु औषध फेला परेको हो । उनीहरुको साथबाट डाईजेपाम ४९० एम्पुल, फेनारगन ४९९ एम्पुल र बुर्फिनुर्फिन ४८२ एम्पुल बरामद भएको हो । लागु औषध सहित ट्याक्सी नियन्त्रणमा लिई औषध मुद्दामा अनुसन्धान भई रहेको कार्यालयका प्रवक्ता दिलिप गिरीले जानकारी दिए ।
नवलपुरमा ठूलो परिमाणमा लागुऔषध सहित ट्याक्सीमा सवार दुईजना पक्राउ

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु