चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । उम्मेदवारहरूले घरदैलो अभियानकाे गतिलाई पनि बढाएका छन् । निर्वाचन आचारसंहिताका कारण साह्रै धेरै तामझाम नभए पनि आन्तरिक भेटघाट र चुनावी काेणसभाहरू गरिरहेका छन् । यसै सन्दर्भमा चितवन ३ नम्बर क्षेत्रकाे लाेकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरू हाल माडीमा छन् ।
माडीबासीसँग उनीहरूले भेटघाट गरेका छन् । उनीहरूले स्थानीयका गुनासा र समस्या सुन्दैं निर्वाचन लगत्तै पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ठाडा खाेलाले दिने समस्या, वन्यजन्तु नियन्त्रण, सडक पुल पुर्वाधार निर्माणमा स्थानीयकाे समस्या केन्द्रीत थियो । थारू समुदायमा राज्यको समान पहुँच र राेजगारी आवश्यक रहेको जानकारी गराए ।
केही गुनासो सहित गठबन्धनप्रति उनीहरूको विश्वास छ । माडी विकासलाई गति दिन गठबन्धन सरकार आवश्यक रहेको उनीहरूको चाहना छ । लालपुर्जा वितरणलाई तिब्रता दिन शितलपुरका स्थानीयले माग गरे । चुनावी सभालाई सम्बाेधन गर्दै गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारीले माडीका समुदायको जिवन स्तर सुधार गर्न याेजना निर्माण गर्ने बताए ।
लालपुर्जाका लागि संघर्ष गर्ने उनलेे बताए । शहिद पार्क निर्माण सम्पन्न गरिने उनलेे बताए । थारू समुदायमा हुने सिकल सेल एनिमिया निवारणका लागि पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरे ।समृद्ध माडी बनाउन गठबन्धनलाई मतदान गर्न डा. भाेजराजकाे आग्रह छ । ६ स’ काे एजेन्डासहितको याेजना बनाएर अघि बढ्ने उनको भनाइ छ ।