माडी (चितवन) । लाेकतान्त्रिक- बाम गठबन्धनका उम्मेदवारहरूलाई बादरझुला (हनुमानझुला)बासीले भव्य स्वागत गरेका छन् । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारी र प्रदेशसभा ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालसहित गठबन्धनलाई स्थानीयले भव्य स्वागत गरेका हुन् ।विहानदेखि पर्खिरहेका स्थानीयले फुल, माला, अविरसहित विजयकाे संकेत दिएका छन् ।
“हामीले जिताईसक्याैं”, मेखलाल गुरूङले भने, यहाँको कत्ति पनि चिन्ता लिन पर्दैन ” ढुक्क हुनुस्,” । बादरझुलाकाे स्थायित्वका लागि डा. भाेजराजले याेजना बनाउने उनको विश्वास छ । यस्तै स्थानीय विना थापाले अहिलेकाे सरकारकै पहलमा जग्गाको निस्सा दिएकाले आफुहरूकाे पुर्ण सहयोग हुने बताईन् । विज्ञ याेग्य व्यक्ति नै उम्मेदवार भएकोले उनी उत्साहित छिन् । मदन स्याङ्गताङ्गले भने: “ठाकुर सरले पुर्जाकाे कागज दिन सहयोग गर्नुभयो, हामीले त उहाँहरूलाई नै जिताउने हाे” ।
बादरझुलाबासीकाे स्वागतबाट थप उर्जा मिलेको उम्मेदवार डा. भाेजराज अधिकारीले बताएका छन् । यहाँको विश्वासलाई उर्जामा बदल्ने उनलेे बताए । जनतासँग अस्पतालकाे आफ्नाे याेजना उल्लेख गर्दै उनलेे स्वास्थसँगै यहाँको शिक्षालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी ३(२) प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले बादरझुलाकाे सपना आफुले पुरा गर्ने बताए । चुनावी सभालाई सम्बाेधन गर्दै उनलेे जनताको आवश्यकता र चाहाना आफुले नजिकबाट बुझेको बताए । बादरझुला( हनुमानझुला) का विभिन्न ४ स्थानमा लाेकतान्त्रिक-बाम गठबन्धनको चुनावी काेणसभा भएको थियोे ।