चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अब बन्ने एमालेको सरकारले युवामा लगानी गर्ने बताएका छन् ।
युवा परिचालन कमिटीले रत्ननगरमा आयोजना गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पाण्डेले बजेटको ठुलो हिस्सा युवालाई लगानी गर्ने बताए । उनले युवालाई प्रविधिसंग जोडेर उनीहरुको अबस्थामा सुधार ल्याउने बताए । देशको अहिलेको मुख्य समस्या बेरोजारी हो उनले भने यसको अन्त्य गर्न एमालेले अब युवामा लगानी गर्ने छ ।
स्वदेशमा रोजगारी सृजना हुन नसकेर युवा शक्ति विदेश पलायन हुने गरेको भन्दै उनले अब नेपालमा कमाउने र विदेश घुम्न जाने अबस्था एमाले सृजना गर्ने छ । विदेशमा कमाउन जाने वाताबरणको अन्त्य हुन जरुरी रहेको भन्दै नेता पाण्डेले त्यसका लागि युवालाई स्वदेशमै आत्मनिर्भर हुने गरी उत्पादनमुलक योजना ल्याउने छौं । नेता पाण्डेले एमालेको नयाँ सरकारले हरेक वडामा युवा उद्यमी कार्यक्रम ल्याउने बताए । एक वडा एक स्वास्थ्य चौकी एमालेको अबधारण हो उनले भने अब एक वडा एक युवा उद्यमी कार्यक्रम ल्याउने छौं । नेता पाण्डेले युवालाई उत्पादनसंग जोडेर स्वदेशमा कमाउन सक्ने बनाउने बताए ।
नेता पाण्डेले जिल्ला तीन निर्वाचन क्षेत्र मध्ये एक नम्बर निर्वाचन बढी काम भएको बताए । हामी चितवनलाई विकासको मोडल दिन चाहन्छौं उनले भने त्यसका लागि मंसिर ४ को निर्वाचन एमालेले जित्नु पर्छ । अहिलेको निर्वाचन एमालेले जुनसुकै हालतमा जित्नु पर्छ उनले भने यसका लागि तपाई युवाहरु सक्रिय भएर लाग्नुस ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले भावि सन्ततीको भविश्वको लागि पनि अहिलेको निर्वाचन एमालेले जित्नु पर्ने बताए । एमालेले हारे देशले हार्ने छ उनले भने तपाईहरुले देशलाई हार्न दिनुहुनेछैन् । मतदाताको उत्सहाले एमालेको जित निश्चित जस्तै देखिएको भन्दै उनले गठबन्धनले एमालेको जितलाई रोक्न नसक्ने बताए । पार्टीका जिल्ला कमिटी सदस्य तथा युवा इन्चार्ज प्रताप डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
त्यसैगरी रत्ननगर १ मा एमालेले चुनावी गतिविधि तीब्र पारेको छ । मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी वडा कमिटीले चुनावी गतिविधिलाई तीब्र पारेको हो । सो वडा कमिटीले ज्ञानप्रसाद पौडेल संयोजक रहेको वडा कमिटी तथा विभिन्न १० वटा उपसमिति गठन गरी चुनावी गतिविधिलाई अगाडि बढाएको हो ।
वडा कमिटीले घरदैलो, मतदाता शिक्षा, मत सर्वेक्षण तथा मतदातासंग भेटघाटलाई तीब्र बनाइएको वडा कमिटी अध्यक्ष दोबराज केसीले जानकारी दिए । सम्पर्क कार्यालयमा दैनिक बैठक बसेर चुनाव लक्षित कार्यक्रमको योजना बनाउने गरिएको छ ।
वडा भित्र रहेका मतदातालाई एमालेको पक्षमा मतदान गराउने पार्टीले अघि सारेका मुद्दाको जानकारी गराउने र घोषणा पत्रमा समावेश गरिएको विषयबस्तुहरुलाई जनताको माझमा लैजाने गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक पौडेल जानकारी दिए । वडा भित्रका जिल्ला तथा नगर स्तरका नेताहरु पनि पार्टीलाई निर्वाचन जिताउन लागि परेका छन् ।