चितवन । लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरूले गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गरिने बताएका छन् ।
पश्चिम चितवनको भरतपुर १६ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा चितवन ३ का उम्मेदवार डा. भोजराज अधिकारी र ३(१) प्रदेशसभाका उम्मेदवार डा. सुर्यकान्त घिमिरेले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै डा. भोजराजले निर्वाचन लगत्तै गठबन्धन सरकारले स्वामित्व लिएर रंगशाला निर्माण अघि बढाउने बताए । फाउन्डेसनले हस्तान्तरण गरिसकेको र आफु निर्वाचित भएपछि प्रदेश र संघ सरकार मार्फत अघि बढ्ने उनले बताए । उम्मेदवारहरूको क्षमता र विज्ञता हेरेर मात्रै मतदान गर्न उनको आग्रह छ । हामी, पारदर्शी हुन्छौं, हामी ईमान्दार हुन्छौं, हामी अनुशासित हुन्छौं, त्यसैले हामीलाई मतदान गर्नुस् डा.भोजराजले भने । उनले नारायणी तटबन्ध आफुहरूकै कार्यकालमा बनाउने बताए ।
सभालाई सम्बोधन गर्दै चितवन ३(१) प्रदेशसभाका उम्मेदवार डा। सुर्यकान्त घिमिरेले जनमुखी योजना निर्माणका लागि पनि गठबन्धनलाई विजय बनाउन आग्रह गरे ।शिक्षा र स्वास्थ र कृषिलाई जनमुखी बनाउने उनको योजना छ । स्थानीय स्तरमा अघि बढेका पुर्वाधार सम्पन्न गर्ने उनले बताए ।कृषिलाई व्यवसायीकिकरण गर्न दुधको अनुदान बढाईने, सुरक्षित मातृत्व सहित सुत्केरी भत्ता बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
सेतिदवी, ज्ञानेश्वर, सिद्विगणेश वनलाई थप उपभोक्तामुखी बनाउने डा. सुर्यकान्तले बताए । गठबन्धनले आज भरतपुर १७ र १७ मा उम्मेदवारसहित घरदैलो गर्दै छ ।