चितवन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा ‘नेपाली जनता’ बोलको गीत सार्वजनिक भएको छ । चुनावमा असल र राम्रो मान्छे छनोट गरेर मतदान गर्न प्रोत्साहन गरेको यस गीतलाई चितवनको पहिलो रेडियो सिनर्जी एफ. एम.मा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष समेत रहनु भएका सिनर्जी एफ.एमका संचालक सहनलाल प्रधानको शब्द, संगीत रहेको गीतमा स्वरमा प्रधानलाई शिरीष बिक्रम थापा, सृजना गुरुङ, प्रस्तावना कैनीले साथ दिएका छन । सामाजिक संजालमा भने रेबल क्रीयसनको युट्युब च्यानल बाट यो गीत हेर्न सकिन्छ । प्रधानले गीत सुन्नुका साथै शब्दको भाव बुझेर मतदान गर्न सबैमा आह्वान गर्नु भएको छ ।
उनले भने—‘मतदाता लाई हाम्रो होइन राम्रो रोज्न अनुरोध गर्दै गीतले रास्ट्रको मुद्दामा लड्न सकने असल र इमानदार मानिस पहिचान गर्न मतदातालाई प्रेरित गरेको छ ।’ समसामयिक विषयमा गित रचना गर्न रुची राख्ने प्रधानले संगीत दिएका दुई दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् ।
२ दशक अघि सार्वजनिक भएको चितवनको परिचय झल्काउने नारायणीको पानी जस्तै संग्लो चितवन गीत अहिले पनि चर्चित छ । उनको प्रिय तिमि केहि बोलिदेउ, कोहो मलाई, लुकी लुकी आऊ, आकाशैमा कैलो मैलो जस्ता गीतहरु आज सम्म पनि स्रोताले रुचाउँछन । रेडियो बाट गीत संगीतको विकासमा सिनर्जी राइजिंग स्टार शो मार्फत जिल्लामा नयाँ कलाकारको खोजी गर्न पनि प्रधानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।