चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं १ मा चुनावी घरदैलोलाई तीब्रता दिएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे सहित प्रदेश सभा “क” का उम्मेदवार जेएन थपलिया र प्रदेश सभा “ख” का उम्मेदवार प्रकास खनाल शैलेसले घरदैलो मार्फत भोट मागेका हुन ।
यहाँका वडा कमिटीहरुले पनि घरदैलो गरी भोट मागेका छन् । उम्मेदवारहरु विहान बेलुका घरदैलो तथा दिउसो समाजका अगुवाहरुसंग भेटघाट गरिरहेका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा एमालेका उपाध्यक्ष पाण्डेले जनताको अपेक्षा र गुनासो सुन्दै भोट मागेका छन् ।
पूर्वी चितवनको समग्र विकासमा योगदान गरेका पाण्डेले एक घर एक धारा र युवा रोजगारीलाई चुनावी मुद्धा बनाएका छन् । पूर्वाधार निर्माणसंगसंगै युवालाई रोजगारी प्रदान गर्ने योजना रहेको पाण्डेले बताए । प्रदेश सभा “ख” अन्र्तगत सोमवार रत्ननगर वडा नं ५ मा घरदैलो गरिएको छ ।