चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५:२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो ।
कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए । स्व गुरुङले पार्टीमा पुर्याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए । उनको सोमबार दिउँसो १२:३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उनका तीन छोरा र दुई छोरी छन् ।