चितवन । नेकपा (एमाले)को समर्थन पाउनुभएका चितवन ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले भुईंकटहर समूहका नेताहरुको समर्थन पाएकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।
नेकपा एमाले सम्बद्ध युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न माडी नगरस्तरीय युवा भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभएको हो ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जगन्नाथ पौडेलको भुइँकटहर समुहमा रहेका कृष्णलाल सापकोटा, पूर्वसांसद भिम बहादुर श्रेष्ठ, मिना खरेल र नारायण कोइराला लगायतकाको साथ र समर्थन पाएकाले आफ्नो जित सुनिश्चित भएको जिकीर गर्नुभएको हो ।
रामेश्वर महतोको अध्यक्षतामा सम्पन्न युवा भेलामा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य यमबहादुर परियार इन्द्रजितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, पार्टीका जिल्ला उपसचिव प्रकाश ढुंगाना लगायतका जिल्लास्तरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।