चितवन । मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी र प्रदेशका उम्मेदवार ठाकुर ढकाल घरदैलो अभियानमा व्यस्त छन् । उनीहरूले जनताका गुनासाहरू पनि सुनिरहेका छन् ।
यसै क्रममा भरतपुर २१ पार्वतीपुरका गंगाबहादुर विकले लालपुर्जा चाडैं दिन आग्रह गरे । घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसँग उनलेे यहाँ जग्गा धनी पुर्जा नपाएर दुख पाएकाे बताए । सरकारको सुविधा जनताकाे चुल्होसम्म पुग्नुपर्ने उनलेे गंगा बहादुरले बताए ।
यस्तै स्थानीय भाेजराज घिमिरेले किसानलाई मल चाहिएकाले सहज उपलब्ध हुने व्यवस्था गर्न माग गरे । गठबन्धनका उम्मेदवारले आफ्ना समस्या सम्बाेधन गर्ने उनलाई पुर्ण विश्वास छ । घिमिरेले प्रचण्ड पथ अन्तर्गतकाे सडक चाडैं बनाउन सुझाव दिए ।
स्थानीय पदम बहादुर थापाले किसानलाई राहत दिने कार्यक्रम ल्याउन आग्रह गरे । घरदैलो कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्र ३(२) का उम्मेदवार ठाकुर ढकालले जनताको भावना अनुसार काम गर्ने बताए ।