चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ मा काम भएन भन्नु गलत मानसिकताको उपज भएको बताएका छन् । चितवनको खैरहनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको बेला पूर्वाग्राही राखेर बोल्नु अनुचित नहुने बताए ।
चितवन एकमा सुरेन्द्र पाण्डेले नगरे कस्ले काम गरेको छ उनले प्रश्न गर्दै भने हामीले यहाँ खानेपानी देखि सडक निर्माण सम्मको काम गरेका छौं । पाँच बर्षको अबधिमा ५० वटा पुल निर्माण गरेको भन्दै नेता पाण्डेले यहाँका अधिकाँस सडक कालोपत्रे गरिएको बताए ।
खानेपानी, विद्यालय भवन, सौराहा सभाहल, निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउने काम भएका छन उनले भने गरेको काम नदेख्ने र निर्वाचनको बेला विरोध मात्र गरेर काम चन्दैन । रोजगारी सृजनाको लागि आफुले सकेसम्मको प्रयास गरिरहेको भन्दै पाण्डेले व्यक्तिगत कमाइको अपेक्षा गर्नेहरुको हकमा केही कमी भएको बताए ।
नेता पाण्डेले पूर्वी चितवनका जनतालाई बाढीको जोखिमबाट जोगाउन आफुले लोथर खोलाको ड्याक निर्माण गरेको बताए । जेपी भेटवालले सुरु गरेको ड्याकलाई आफुले पूर्णता दिँदै मजबुत बनाउने काम गरेको उनको भनाई छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेता पाण्डेले विरोधको राजनीति नगर्न गठबन्धनलाई आग्रह गरे । विरोधको राजनीतिले देशको विकास हुँदैन उनले भने योजना सुनाएर मत माग्नुस,अरुको विराध गर्न आजैबाट छोड्नुस ।
नेता पाण्डेले नेकपा एमालेले पूर्वाधार निर्माण गरी जनताको जीवन स्तर उकास्ने पार्टी भएको बताए । पूर्वाधार निर्माण गरेर जनताको जीवनयापनलाई सहज बनाउने योजना एमालेले लिएको बताए । उनले एमाले रुपान्तरण र परिर्वतनको लागि सर्मपित पार्टी रहेको बताए । चितवनको विकास एमालेले मात्र गर्न सक्ने भन्दै उनले विकास र समृद्धिकोे लागि एमाले नै चाहिने बताए ।
एमाले रुपान्तरणको लागि क्रियाशित राजनीतिक शक्ति हो उनले भने एमालेले मात्र जनताको जीवन स्तर माथी उठाउने गरी काम गर्न सक्छ । एमालेले लिएको नीति अहिलेको राजनीतिबृत्तमा सार्थक बन्दै गएको भन्दै नेता पाण्डेले एमालेको विकास सम्बन्धी नीति र विचार कहिल्यै पुरानो नहुने तर्फ गरे ।