चितवन । मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी घरदैलो अभियानमा व्यस्त छन् ।
गठबन्धन अन्तर्गत प्रदेश ३(१) मा डा. सुर्यकान्त घिमिरे र ३(२) मा ठाकुर प्रसाद ढकालसँगै उनी जनताको घरदैलोमा पुगेका हुन् ।
गठबन्धनका उम्मेदवारलाई जनताले फुल गुच्छासहित स्वागत गरेका थिए । भरतपुर ६ गितानगर निवासी डा. आविष्कार चापागाईंले देशभरका अस्पताललाई व्यवस्थित गर्न पनि डा. भाेजराजलाई जिताउनुपर्ने बताए । अस्पतालका समस्या हल गर्न भाेजराज नै सक्षम रहेको उनको दाबी छ । त्यसकारण यस क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले गठबन्धनलाई समर्थन रहेको डा. चापागाईंले बताए ।अहिलेकाे निर्वाचनमा युवा विज्ञ उम्मेदवार आएकाले पनि आफुहरूकाे समर्थन रहेको भरतपुर १३ का टेकबहादुर मगरले बताए । जंगली जनताबाट हुने असुरक्षा, बेरोजगारी र लालपुर्जाकाे समस्या समाधानका लागि यहाँका जनताले आग्रह गरेका छन् ।
बलियो मेसजालीसहितकाे पर्खाल निर्माणका लागि गठबन्धनका उम्मेदवारले पहल गर्ने मगरले विश्वास लिए । स्थानीय हिरा थापाले सडक कालोपत्रे गरेर विकास भएकोमा खुसि व्यक्त गरिन् । अब जनजीवन सहज बनाउन उनको अनुराेध छ । स्वास्थ क्षेत्रकै उम्मेदवार डा. भाेजराजले देशको स्वास्थ समस्या समाधान गर्ने उनलेे समेत विश्वास लिए । “मैले त डासावलाई भाेट हाल्छु, अस्पतालमा बनाउनुहाेला, अनि देशको पनि उपचार गर्नुहाेला” उनलेे भने,” विज्ञताकाे काम गर्नुहाेस्” । विदेश जाने समस्याको दिर्घकालिन समाधान गर्न पहल गर्ने प्रदेश ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले बताएका छन् ।