गुल्मी । जिल्लामा चोरीको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धुर्कोट ४ जैसीथोका लक्ष्मी प्रसाद खनालको घरमा चोरी गरेको अभियोगमा रेसुङ्गा ३ भाडगाउँका २२ बर्षीय आशिष विक र धुर्कोट ४ बरबोटका २२ बर्षीय शेरबहादुर विकलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
गत बुधवार राती खनालको घरमा कोही नभएको अवस्थामा दुबै कोठा फोरेर एक थान टिभी, एक थान ल्यापटप, आइरन लगायतका सामानहरु चोरी भएको थियो । चोरीको सामानसहित पक्राउ परेका दुबैमाथि थप अनुसन्धान भइहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।