काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् ।
लामिछानेका तर्फबाट आज पाँच जना वकिलले बहस गरेका छन्। उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरे।
बलात्कारको आरोप लगाउने किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने लामिछाने पक्षका वकिलको तर्क छ ।