चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. रोशन पोख्रेलले मानसिक स्वास्थ्यमा आबश्यकता अनुसार काम हुन नसकेको बताउनुभएको छ । नेपाल मनो चिकित्सक संघले आज देखि सौराहामा सुरु गरेको नबौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सङ्क्रमित रोगका कारण मानसिक स्वास्थ्यका क्षेत्रमा अपेक्षा अनुसार काम हुन नसकेको बताउनुभएको हो ।
मानसिक स्वास्थ्यको क्षेत्र ठूलो रहेको र राज्यले पछिल्लो समय यस बिषयमा छलफल चलाउन थालेको उहाँले जानकारी दिनुभयो । यस रोग लागेका व्यक्तिहरुको उपचारमा बिशेष ध्यान दिनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मानिसक स्वासथ्यका क्षेत्रमा चिकित्सकहरुको योजना अनुसार सरकारले सहयोग गर्ने छ ।” छलफलबाट आएका योजनाहरुलाई मन्त्रालयले सम्बोधन गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. अनिल बिक्रम कार्कीले चिकित्सकहरुको समेत मानिसक स्वास्थ्यमा राज्यले ध्यान दिन जरुरी रहेको बताउनुभयो । चिकित्सकहरुको मानसिक स्वास्थ्यमा ध्यान दिन नसक्दा युवा चिकित्सकहरुले आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो । नेपालमा अहिले २२० जना मनोरोग चिकित्सक रहेको भन्दै उहाँले यी चिकित्सकहरुलाई मानसिक रोग संगै अन्य समसयामा समेत प्रयोग गर्न सकिने बताउनुभयो ।
सो अबसरमा बोल्ने बक्ताहरुले मानसिक रोगको उपचारका लागि बिशेषज्ञ चिकित्सकले मात्रै औषधि लेख्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । अहिले नेपालमा ४ दशमलब ३ प्रतिशत बयस्क र ५ दशमलब २ प्रतिशत युवामा मानसिक रोगको समस्या रहेको सो अबसरमा जानकारी दिईएको थियो । सरकारले बजेटको ६ दशमलब १५ प्रतिशत बजेट स्वासथ्य क्षेत्रलाई बिनियोजन गरेको भए पनि मानसिक स्वास्थ्यका क्षेत्रमा ० दशमलब २ प्रतिशत मात्रै रहेको संघका अध्यक्ष डा. सिपि सेढाईले जानकारी दिनुभयो । सेढाईका अनुसार नेपालमा हाल ८ जना मध्ये १ जनामा मानसिक रोगको समस्या देखिने गरेको छ । यसमध्ये धेरै डिप्रेसनका रोगि रहेका छन् । यस्तै मन आत्तिने, मन्भर्सन डिसअडर, वाइपोल डिसअडर, सिजोफोनिया, दुव्ण्यसनी, डिमेन्सीया लगाएतका समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो ।
मानिसमा हुने बिभिन्नि किसिमका तनाब, व्यक्तित्व, मस्तिस्कमा रसायन परिवर्तन, हर्मोनको समस्या र दुव्यसनिका कारण मानिसक स्वास्थ्यमा समस्या आउने गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले यस रोगको नियन्त्रणका लागि औषधि प्रयोग गर्ने, मनोबैज्ञानीक उपचार गर्ने र बिद्युतिय उपचार पद्धती प्रयोग गरिने गरिएको उहाँले जानकारी दिनुभयो । आज देखि भोली सम्म सञ्चालन हुने सम्मेलनमा समुदायमा मानसिक रोगको उपचार, मानसिक रोगले यौन सम्पर्क सम्बन्धि समस्या, मानसिक रोगको कारण, मानसिक स्वास्थ्यमा मिडियाको भूमिका, धामी झाक्रिलाई मानसिरक रोगको बारेमा जानकारी, सुधार गृहको व्यवस्थापन, बुढ्यौलीमा हुने मनोरोग लगाएतका बिषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्ब स्वास्थ्य सचिब तथा मनोरोग बिशेषज्ञ डा. निराकारमान श्रेष्ठ, र मनोरोज्ञ बिशेषज्ञ डा. विश्ववन्धु शर्मालाई लाईफ टाइम एचिपमेन्ट अवार्डबाट सम्मानीत गरिएको थियो । उहाँहरुले मनो चिकित्सा क्षेत्रमा पु¥याएको योगदानका आधारमा सम्मान गरिएको हो । सो अबसरमा डा. महेन्द्र न्यौपाने, डा. मिना राई लगाएतले बोल्नु भएको थियो । सम्मेलनमा नर्बे, भारत, लण्डन र नेपालका चिकित्सकहरुको सहभागीता रहेको छ । बिश्वमा मानसिक स्वास्थ्यमा देखिएको समस्या र समाधानका उपायहरुको बिषयमा समेत सम्मेलनमा छलफल हुने छ ।