चितवन। विशेष अभियान मार्फत डा. भाेजराज अधिकारीलाई जिताउन लाेकतान्त्रिक-बाम गठबन्धनका युवाहरू केन्द्रीत भएका छन् । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लाेकतान्त्रिक गठबन्धनका साझा उमेदवार युवा नै भएकोले पनि युवाहरू अभियान मार्फत सक्रिय भएका हुन् ।
३ नम्बर क्षेत्रीय युवा परिचालन उपसमितिले आयाेजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य चितवन क्षेत्र ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारीले चुनावी विकृति राेक्ने अभियानमा केन्द्रीकृत हुन आग्रह गरेका छन् । युवाकाे सिप र सेवाको पुरा स्वरूपलाई राज्य सेवा समर्पित गर्न चाहेको उनले बताए । युवाको याेगदानलाई सम्मान गर्ने उनको प्रतिबद्धता छ ।
युवाका लागि विशेष याेजना सहितको कार्यक्रम ल्याउने बताएका उनलेे आफ्नो याेजना सफल बनाउन उनले अनुरोध गरे ।विमामा आधारित शिक्षालाई अघि बढाउने याेजना जनतामाझ लैजान युवाहरूलाई डा. भाेजराजले आग्रह गरेका छन् ।
यस्तै, युवाको साथ र समर्थन आवश्यक रहेको चितवन ३ (१) का उम्मेदवार डा. सुर्यकान्त घिमिरेले बताए । युवा स्वराेजगार, सुरक्षासहित युवाको उपयोग निति लिईने उनलेे बताए ।गठबन्धन अन्तर्गत ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनमा युवा परिचालन एवं सक्रियता आवश्यक रहेको बताएका छन् ।