चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार बिक्रम पाण्डेले कोलघाट गणेश मन्दिरमा पूजाआजा गरी चुनाबी प्रचार-प्रसार सुरु गरेका छन् ।
उम्मेदवारी दर्ता गरेसंगै चुनाबी भेटघाट, कार्यालय स्थापना र प्रचार जारी राखेपनि उनले औपचारिक प्रचार अभियान भने बिहीबार भरतपुर महानगरपालिका-१६ स्थित नारायणी नदी किनारको कोलघाट गणेश मन्दिरबाट गरेका हुन् ।
देश भ्रष्टाचारको खाडलमा गइसकेको भन्दै भ्रष्टाचाररहित समाज निर्माण होस् भनी सिद्धि-गणेशको पूजा गरेर चुनावी अभियान सुरु गरेको राप्रपाका बरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री समेत रहेका नेता पाण्डेले बताए ।