चितवन। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सूचना प्रबिधि बिना देशको बिकास सम्भव नभएको बताउनु भएको छ । सूचना प्रबिधिमा आएको बिकास लाई आधार मानेर हामी सबै देश बिकासमा जुट्नु पर्ने समय आएको प्रष्ट पार्नु भयो ।
आजबाट भरतपुरमा शुरु भएको ३ दिने यु टेक ह्ययाकाथन अल्फा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले भोलिको नेपाललाई मार्ग निर्देशन गर्न ह्ययाकाथन अल्फा कार्यक्रम प्रभावकारी हुनेमा बिश्वास समेत व्यक्त गर्नु भयो । स्मार्ट सिटि बनाउन सूचना प्रबिधिको भरपुर प्रयोग गर्नुपर्ने उहाँको जोड समेत रहेको छ ।
पछिल्लो समय नेपालमा सूचना प्रबिधिको बिकासको गति हामीले कल्पना गरेको भन्दा पनि बाहिर गएको छ उप प्रमुख अधिकारीले भन्नू भयो,यो हामी नेपाल र नेपालीको लागि साह्रै खुशीको कुरा पनि हो ।
युनाइटेड टेक क्लब र युनाइटेड टेक्निकल कलेज भरतपुर ११ को सयुक्त आयोजनामा भएको
कार्यक्रममा देशभरी बाट सूचना तथा प्राविधि सग सम्बन्धित इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको १० समूहले सहभागिता जनाएका छन ।
उक्त ह्ययाकाथनमा सहभागी प्रतियोगीहरुले शिक्षा , चिकित्सा, साइबर सुरक्षा, कृषि, पर्यटन, जोखिम ब्यबस्थापन, बित्त, कृत्रिम बुद्विमता, बैकल्पिक उर्जा र ग्रामीण बिकास सग सम्बन्धित क्षेत्रहरुमा बिद्यमान रहेका समस्याहरुको समाधान गर्न कोडिङ मार्फत तीन दिन भित्र प्रोजेक्ट तयार गर्ने छन ।