चितवन। भरतपुरमा नगद रु १ लाख २८ हजार सहित १५ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ११ लामाटोल बाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुलाई सोमबार राती १२ः३० बजे पक्राउ गरिएको हो । स्थानीय मैती लामाको घरमा कौडा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको साथबाट १६ थान कौडा बरामत गरिएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट जुवा खेल्न नहुने सम्वन्धी कसुरमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।