चितवन । सत्ता गठबन्धनबाट प्रदेश सभा चितवन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले जनमत बटुल्न घरदैलो अभियानलाई तीव्र परेका छन् ।
जोशी अहिले क्षेत्र नम्बर २ ९ख०मा पर्ने बिभिन्न वडाहरुमा जनतासँग भेटघाटमा व्यस्त छन् । उनले भरतपुर महानगरपालिकामा बिभिन्न वडा पुगेर जनतासँग भेटघाट गरेका छन् । उनी गठबन्धनको संयुक्त कार्यक्रममा पनि सहभागी भइरहेका छन् ।
उनले भेटघाटसँगै स्थानीयहरुसँग छलफल पनि गरिरहेका छन् । आज भरतपुर ५ का जनतासँग भेटघाटको कार्यक्रम रहेको छ । आफू जनताको मन र मत दुबै जित्ने विश्वाससहित घरदैलो अभियानमा रहेको जोशीले बताए । जनताले आफूलाई विश्वास गर्ने बताउँदै उनले जनताको विश्वास टुट्न नदिने प्रतिवद्धता जनाए ।
घरदैलोको जनतासँग गरेको बाचा पुरा गरेर छाड्ने उनले बताए । यस क्षेत्रका जनतानै आफ्नो अभिभावक रहेको बताउँदै उनले अभिभावकको साथ पाउनेमा आफू ढुक्क रहेको बताए । २ ९ख० बाट जनताको पूर्ण समर्थन पाउने उनको विश्वास छ । कांग्रेस चितवनका प्रष्ट वक्ता जोशी यहाँका जनता माझ लोकप्रिय छन् ।
मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा चितवन २ गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उम्मेवार छन् । भने २ ९क० मा माओवादी केन्द्रका घनश्याम दाहाल तथा २ ९ख० मा कांग्रेसका जोशी उम्मेदवार छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ४४ हजार २८३, प्रदेश सभा २ ९क० मा ६१ हजार ९७३ र २ ९ख० मा ६२ हजार २४२ मतदाता छन् ।