चितवन। आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनसँगै जनता भेटघाटमा उमेदवारहरू केन्द्रीत भएका छन् ।यसै सन्दर्भमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. भोजराज अधिकारी र प्रदेश ३ (क) का उमेदवार डा. सुर्यकान्त घिमिरे मेघौंलीका जनताको घरदैलोमा पुगेका हुन् । त्यस अवधिमा भरतपुर २७ र २८ का जनसमुदायले यहाँको समस्याका बारेमा उमेदवारलाई जनाएका थिए । भरतपुर २८ का थारू समुदायसँगको कुराकानीमा नारायणी र राप्ती नदिको प्रभाव, जंगली जनावरको आतंक नियन्त्रण, जितपुर स्वास्थ केन्द्र र आयुर्वेद स्वास्थ केन्द्रको थप विस्तार, थारू कल्चर भवन पुनर्निर्माणमा जोड दिएका थिएँ ।
स्थानीय शनिचर महत्तोले थारू जनताको अहिलेको समस्या सम्बोधन गर्न आग्रह गर्नुभयो । यहाँको ढल व्यवस्थापनदेखि जनताको आयआर्जनका लागि योजना बनाउन उहाँले सुझाव दिएनुभयो । यस्तै भरतपुर २८ का हरि न्यौपानेले सदरमुकाम क्षेत्रबाट टाढा नबनाउन अनुरोध गगर्नुभयो । उहाँले गोलाघाट पुल निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । जनताको माग सम्बोधनका लागि आफु प्रतिबद्व रहेको डा. भोजराज अधिकारीले बताउनुभयो।
शिवघाट, गाँजीपुर सिसै, भगडी, बलुवा, पिपरा, दद्रेनी, सिसाबास हुदै गोलाघाटसम्म तटबन्ध आयोजनाले यहाँका जनता लाभान्वित हुने डा. भोजराजले बताउनुभयो । गठबन्धनकै जोडबलमा आयोजना आएकाले कार्यान्वयन गर्ने जिम्मेवारी आफुले लिने उनले बताए ।
थारू समुदायमा हुने सिकल सेल एनिमियाको प्रकोप नियन्त्रणमा पहल लिने डा। अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।यस्तै जनतासँग भेटघाटमा गठबन्धनका क्षेत्र ३ (क) उमेदवार डा. सुर्यकान्त घिमिरेले कृषिको विकासका लागि बैज्ञानिकिकरण र यान्त्रिककरण गर्न निति निर्माण गर्ने बताउनुभयो ।
केही कानुनी अप्ठ्यारोलाई हटाउने र जंगली जनावरको आतंक नियन्त्रणका लागि सहयोग गर्ने बताएका छन् ।यहाँको क्षेत्रलाई कृषि र पर्यटनको हव बनाईने उनको उद्घोष छ ।