चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको बाघले गएराती माडीमा एक चौपाया मारेको छ ।
बाघले राती करीब १२ बजे माडी-१, चैनपुर निवासी सर्मिला परियारको गोठमा भैसीको पाडी मारेको हो । जंगलबाट केहि टाढाको सो गाउँमै आएर पाडी मारेसंगै पुनः सो क्षेत्रमा बाघको त्रास बढेको छ ।
यसअघि, समय गत असोज ३० गते निकुञ्जबाट बस्तीमा निक्लेको रेडियो कलर बाँधिएको बाघले पौहारीमा ३ वटा खसी मारेको थियो ।
त्यसअघि असोज २३ गते राती माडी-२, सितलपुर निवासी उमनाथ पौडेलको गोठमा बाँधिएको पाडो मारेर बाघले नजिकैको धानबारीमा लगी खाएको थियो ।स्वदेश एफएमको सहयोगमा