चितवन । चितवनमा आज शुक्रबार १८९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९५९ जनाको परीक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु समेत भएको छ ।
भरतपुर महानगरमा ११८, रत्ननगरमा १८, माडीमा पाँच, खैरहनीमा चार, राप्तीमा दुई र कालिकामा एक संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १३८ जना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४१० पुगेको छ ।