काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्याउने उल्लेख छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएकाे हो ।
सरकारले चालु आर्थिक वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएकाे छ ।