चितवन । विश्वविद्यालयका परीक्षार्थीलाई खोप लगाइने साउन ३१ र ३२ गते खोप लगाईने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र र कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति चितवनको निर्णयअनुसार यही साउन ३१ र ३२ गते दुई दिन विश्वविद्यालय तहको परीक्षा दिने विद्यार्थीको लागि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय चितवनले विश्वविद्यालय तहका विद्यार्थीका लागि भेरोसेल खोप लगाउन बिहीबार सूचना प्रकाशित गरेको थियो ।
हाल सञ्चालन भइरहेको र निकट भविष्यमा सञ्चालन हुन निश्चित भएको स्नातक तथा स्नातकोत्तर तहका तहका विद्यार्थीहरुले विश्वविद्यालयले जारी गरेको प्रवेशपत्रका आधारमा सम्बन्धित पालिकाको स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए ।
जसका लागि अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, परीक्षा प्रवेशपत्र र परिचयपत्र ल्याउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र खोप केन्द्रमा भीडभाड नगरी आफ्नो पालोअनुसार खोप लगाउन पनि स्वास्थ्य कार्यालय चितवनले अनुरोध गरेको छ ।