पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । चितवनका दुई,नवलपरासी,अर्घखाची र बर्दियाका एक एक गरी पाँज जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको हो ।यस्तै चितवनका अस्पतालमा विहीवार २५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये ३९ जना भेन्टिलेटर सहित १०५ जना आइसियू,४६ जना एचडियूमा उपचाररत छन् भने १०२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।