चितवन । सत्ता गठबन्धनका क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार उमेश श्रेष्ठले काउलेमा पूर्वाधार र विकासो खांँचो रहेको बताएका छन । शनिबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर २ काउले पुगेका श्रेष्ठले आफूले जितेपछि पहिलो प्राथमिकता काउलेको विकास रहेको बताएका हुन् । एकसाता देखि ईच्छाकामनाका विभिन्न वडामा मतदाता भेटघाट तथा घरदैलो गर्ने क्रममा यहांँको बाटो, विजुली, कृषि , शिक्षा स्वास्थ्य पर्यटनमा विकास गर्ने उनले वचनबद्धता व्यक्त गरे ।
यो क्षेत्र आफ्नो लागि नयांँ भएपनि गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ को विकासका लागि समानुपातिक सांसद भएर प्रचण्डसंँग काम गरेको बताए । ईच्छाकामना गाउंँपालिकामा गत स्थानीय निर्वाचनमा धेरै पूर्वाधार निर्माण भएको भन्दै उनले यहांँका अधुरा कामहरु आफूले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो क्षेत्रलाई कालिका र फिस्लिङ्गसंँग सडक पूर्वाधार जोड्न सक्ने विकासले फड्को मार्ने उनको भनाई थियो । चितवनको तीनवटै क्षेत्र एक अर्कामा सडक पूर्वाधार जोड्न सके आर्थिक गतिविधि चलायमान हुने श्रेष्ठले बताए । ‘यहांँ बाटो र बिजुलीको पहुंँच पुर्याउने हो भने, यहांँको कृषि उत्पादन, रोजगारीमा उल्लेखनीय प्रगति गर्न सकिन्छ । यो नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’ उनले भने । विकट क्षेत्रमा पनि आफूले थुप्रै संभावना देखेकोले राज्यव्यवस्थामा प्रतिनिधि नहुंँदा यो क्षेत्र ओझेल परेको उनले बताए । ‘विकास गर्ने मान्छेलाई मत दिएर राज्य व्यवस्थामा पुर्याउनु पर्यो । अनि मात्र विकास हुन्छ ।’ उनले भने । यहांँका हरेक समुदायको आवश्यकतालाई सम्बोधन गर्ने उनले बताए । ‘यहांँका विपन्न,पिछडिएका समुदाय , चेपाङ्गहरुको जीवनस्तर उकास्ने, भाषा, कला संस्कृतिको संरक्षण गर्न पनि मेरो जोड बल रहन्छ ।’ श्रेष्ठले भने ।
आफूले निर्वाचन जितेर आएपछि क्षेत्र नम्बर २ को सन्तुलित बिकासमा जोड दिने समेत उनले बताए । कालिकामा बन्न लागेको औद्योगिक क्षेत्रको स्थापना गर्न सके विकटका जनताले सजिलै रोजगार र अवसर पाउने उनको भनाई थियो । सडक र विद्युतको अभावमा स्थानीय श्रोतहरुको परिचालन हुन नसकेकोले आफूलाई काम गर्न दिए यस्ता समस्या समाधान गर्ने उनले बताए । आफू गरिखाने जनता, श्रमजीवी को अभियान्ता रहेकोले मत दिएर साथ दिन उनले आग्रह गरे ।