चितवन। चितवनमा आज बिहिबार १७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकामा १२३ , खैरहनीमा ८, माडीमा ६, रत्ननगरमा ३६, राप्तीमा ३, कालिकामा २ जना रहेका छन। जिल्लाको एक मात्र गाउपालिका इच्छाकमनामा भने आज थपिने संक्रमितको संख्या शुन्यमा झरेको छ ।
आज थपिएका कोरोना संक्रमित संगै चितवनमा कोरोना संक्रमितको संख्या २२ हजार ६ सय ४६ पुगेको छ। स्वास्थ्य कार्यालका अनुसार चितवनका विभिन्न अस्पताल तथा आइसोलेसनबाट आज २५ संक्रमित संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा निको हुनेको संख्या १९ हजार ९ सय २६ पुगेको छ ।
यसैबीच चितवनमा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा चितवनका मात्र २ जना रहेका छन् भने अन्य तीन जना नवलपरासी अर्घाखाची र बर्दियाका १/१ जना रहेका छन्। चितवनका विभिन्न अस्पतालमा अहिले २५३ जना संक्रमितले स्वास्थ्यलाभ लिइरहेका छन्।
कार्यालयले दिएको जानकारी अनुसार जिल्ला भर १०५ जनाको आइसीयु, ३९ जनाको भ्याण्टिलेटर, ४६ जनाको एचडियु र १०२ जनाको जनरल वार्डमा उचार गराइरहेका छन् ।