चितवन। राईट ट्युन इन्ट्रटेन्टमेन्टले आगनीमा छम्म छम्म नामक तिहारको गित वजारमा ल्याएको छ । आज इन्ट्रटेन्टमेन्टले आफ्नो युटुभ च्यानल मार्फत गितको म्युजिक भिडियो सार्बजनिक गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा रहेको लेक ट्वान्टि थाउजेन्टमा सुटिङ् गरिएको भिडियो सहित तिहारको गित सार्बजनिक गरिएको हो । जसमा पुर्वेली भाका समेटिएको छ । रेश्मा सुनारको श्वर तथा पुस्कर सुनारको संगीतमा निर्माण गरिएको सो गीतमा कलाकार सिता गुरुङ र चिनकाजी लामिछानेको अभिनय रहेको छ ।
पूर्बेली मारुनी भाकाको संरक्षणका लागि यो गितले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गितका निर्देशक सुदन गैरेले जानकारी दिनुभयो । गैरेका अनुसार तिहारको समयमा पूर्बेली गीतमा रमाउन चाहनेहरुका लागि यो गीत उपयोगी बन्ने छ ।