चितवन, २८ साउन । चितवनमा अहिलेसम्म कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट झन्डै ८ सय जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, चितवनका अनुसार बुधवार दिउँसोसम्म अन्य जिल्लाकासहित कुल ७ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा आधाभन्दा बढी बाहिरी जिल्लाका छन् । कोरोनाको तेस्रो भेरियण्टसम्म आइपुग्दा झन बढी जोखिम र संक्रमित र मृत्युदर बढ्दै गईरहेको कार्यालय प्रमुख दिपक तिवारीले बताए ।
जटिल भएपछि मात्रै संक्रमितहरु अस्पताल आउने गरेका कारण संक्रमित मृत्युदर पनि बढ्दै गएको उनको भनाई छ
‘संक्रमण पुष्टि भएपछि पर्याप्त चिकित्सकीय परामर्श एवं सहयोग बिनै होम आइसोलेसनमा बस्ने र अवस्था गम्भीर बनेपछि अस्पताल आउने बिरामीको संख्या धेरै छ,’ उनले भने, ‘अस्पताल आईपुग्दा बिरामीको शरीरमा अक्सिजनको मात्रा एकदमै कम हने, जटिल प्रकृतिको निमोनियाँ देखिने जसले गर्दा उपचार गर्न आइसीयू तथा भेन्टिलेटरको आवश्यकता देखिन्छ ।’ अन्तिम अवस्थामा अस्पताल आईपुग्दा बिरामी गम्भीर पुगिसकेको हुने कतिपय गम्भिर विरामीले आईसीयू वेड तथा भेन्टिलेटरको अभावमा समेत मृत्यु हुने गरेको उनले बताए ।