चितवन । पछिल्लो २४ घण्टामा मात्रै चितवनमा थप ४१ जना डेंगुका बिरामी थपिएका छन् ।जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ११७० पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा १८ जना, खैरहनी नगरपालिकामा ४, रत्ननगर नगरपालिकामा ३, राप्ती नगरपालिकामा ८ जना थपिएका छन् र ठेगाना नखुलेका १ र अन्य जिल्लाबाट आएका
७ जना छन् ।
त्यस्तै, हालसम्म तिन जनाको मृत्यु भएको छ । चितवन जिल्लामा हालसम्म ७३९८ जनामा डेंगु परिक्षण गएिको छ ।