चितवन। चितवनमा नाम चलेका डा. भाेजराज अधिकारी अमर मावि भरतपुर २२ का विधार्थी हुन् । जुन क्षेत्र प्रतिनिधि सभा क्षेत्र ३ मा पर्छ । उनी २०५२ सालकाे एसएलसीका प्रथम छात्र थिए । लामो समयको अन्तरालमा उनी साे बिद्यालयमा भेटघाटका लागि पुगेका छन् । साे अवसरमा उनले आफुलाई पढाएका शिक्षकसँग र हालका शिक्षक कर्मचारीसँगै बिद्यालयकाे वर्तमान अवस्थाका बारेमा जानकारी लिए ।
आफ्नै बिद्यालयका बिद्यार्थी डा. अधिकारी नै प्रतिनिधिसभा सदस्य उमेदवार भएकोमा हर्षित भएको अमर माविका प्रधानाध्यापक बुद्धिमान शर्माले बताए । यसै क्षेत्रका स्थानीय र यसै बिद्यालयका उत्पादन भएकोले पनि गाैरव महशुस भएको उनको भनाइ छ ।
बिद्यालय शिक्षा सुधारमा उनको याेजना सफल बनाउन उनी अघि बढ्नुपर्ने प्रअ शर्माले बताए । राम्रो उमेदवार भएकोले सम्पुर्ण सहयोग रहने अर्का शिक्षक उमानाथ सापकोटाले बताए । बिद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत उनको सहभागीता सक्रिय थियो ।
उनी तृष्ण बुद्धि र नेतृत्वदायी क्षमता भएका विधार्थी रहेको शिक्षक रामचन्द्र रेग्मीले बताए । बाल्यकालदेखि नै अध्यापन गराएका शिक्षक रेग्मीले आफ्नै विधार्थी नै उमेदवार पाएकाेमा निकै हर्षित छन् । उनको जित सुनिश्चित भएको शिक्षक रेग्मीले बताए ।
हालसम्म साेही बिद्यालयमा कार्यरत गुरूदत्त पाैडेलले सरल स्वभावका डा. अधिकारी संसदमा जानुपर्ने बताउछन् । खराब पात्रहरू राजनीतिमा लागेर फाेहर भईरहेकाे समयमा डा. अधिकारीकाे प्रवेश सुखद रहेको उनलेे बताए ।
बिद्यालय आफ्नाे परिवार भएकोले बिद्यालय परिवारले सहयोग गर्ने डा. अधिकारीले अपेक्षा राख्नुभएको छ । राजनीतिलाई संलाे बनाउन आफु उमेदवारका रूपमा आएकाे उनलेे बताए ।