चितवन । नेपाली कांँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रहितलाई सम्बोधन गर्नेगरी एमसीसी पारित गर्नुपर्ने बताएका छन । आज भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देश र जनताको सार्वभौमसत्ता र स्वायत्ततालाई असर नपर्ने गरी एमसीसी पारित गर्नुपर्ने बताएका हुन् । ‘यो हाम्रै पालामा सम्झौता भएको हो । यसमा संशोधन र जनतालाई सम्बोधन हुने गरी पारित गनुपर्छ ।’ केसीले भने ।
एमसीसी बारेमा जनतामा व्यापक अविश्वास र प्रश्नहरु उब्जिएको भन्दै उनले नेपालको सार्वभौमिकता र स्वायत्तता लाई असर नपर्ने गरी सम्झौता गर्नुपर्ने उनको भनाई छ । ‘राष्ट्रको हित सार्वभौमसक्ता के के छन छानबीन गरेर मात्र पारित गर्नुपर्छ ।’ उनले भने ।
नेपाली कांँग्रेसको महाधिवेशनको बिषयमा कुरा गर्दै केसीले आफूलाई यसको वैधानिकतामाथि चिन्ता भएको बताए । वैधानिकतालाई थाती राखेर कुन बाटोबाट हुन्छ महाधिवशेन गर्नुपर्छ ,उनले भने ,
अधिवेशन सर्ने नसर्ने भन्ने बिषय भन्दा पनि नेपालको संविधानले दिएको विशेष अवस्था प्रयोग गरेर गर्दा राम्रो हुन्छ भन्ने मेरो धारण हो ।’ वैधानिकता बचाउन पार्टीमा छलफल गरेर पार्टीको अस्तित्व बचाउनुपर्ने उनको भनाई थियो । पार्टीको स्थापित मान्यतालाई कायम राखी अदालतमा नजिर बन्ने अवस्था आउन दिनुनहुने केसीले बताए । बिशेष अधिवेशन गर्दा क्रियाशील सदस्यता ६,८ महिनामा सल्ट्याउन सक्छौं, उनले भने, विवाद कायम हुंँदा नै अधिवेशन गर्न हतार गरियो भनेपनि वडास्तरबाटनै तित्तता हुन्छ । मेरो एउटैमात्र चिन्ता वैधानिकता माथि हो ।’
देशको सार्वभौमसत्ता र स्वायत्ततालाई असर नपर्ने गरी एमसीसी पारित गनुपर्छ: नेता केसी
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु