चितवन । चितवनमा डेंगु संक्रमणको दर ह्वातै बढेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै चितवनमा थप १६१ जना डेंगुका बिरामी थपिएका छन् ।जिल्लामा हालसम्म कुल संक्रमितको संख्या १०८३ पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा ७१ जना, खैरहनी नगरपालिकामा ६, माडी नगरपालिकामा २ , रत्ननगर नगरपालिकामा ४, राप्ती नगरपालिकामा ५ र कालिका नगरपालिकामा २ जना थपिएका छन् र ठेगाना नखुलेका ४८ र अन्य जिल्लाबाट आएका २३ जना छन् ।
त्यस्तै, हालसम्म तिन जनाको मृत्यु भएको छ । चितवन जिल्लामा हालसम्म ७१८४ जनामा डेंगु परिक्षण गएिको छ ।