चितवन । भरतपुर अस्पतालको मेसिडिन वार्ड डेंगु र स्क्रब टाईफसका बिरामीले भरिएका छन् । अस्पतालका मेडिसिन वार्डका लागि छुट्याईएको ५२ बेड मध्ये अधिकांश डेंगु र स्क्रब टाईफसले भरिएका हुन् ।
अस्पतालका प्रवक्ता एवं बरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. गोविन्द कँडेलका अनुसार इमर्जेन्सी वार्डमा समेत अधिकांश बिरामी डेंगु र स्क्रब टाईफसका छन् । अस्पतालका १२ बेड अब्जरभेसन, ३५ बेड इमर्जेन्सी, २० वेड आईसियु मध्ये ८० प्रतिशतभन्दा बढी डेंगु र संक्रबटाईफसका रहेका छन् ।
भरतपुर अस्पतालको मेडिकल वार्डमा अधिकांश ज्वरोका बिरामीले भरिभराउ भएका छन् । कतिपय बिरामीलाई आज ठाउँ छैन, भोलि आउनुहोस् भनेर पठाउनु पर्ने अवस्था छ । मेडिकल वार्डका ८० प्रतिशत बेड ज्वरोका बिरामीले भरिएका छन् । ती मध्ये ४० प्रतिशत स्क्रबटाईफस र ४० देखि ५० प्रतिशत डेंगुका बिरामी छन् । बाँकी अरु कुनै रोगका बिरामी छन् । ३५ बेडको इमर्जेन्सीमा धेरैजसो ज्वरोका बिरामी छन् । २० बेडको आईसियुमा पनि ज्वरोका कारणले जटिलता आएका बिरामीहरुको उपचार भईरहेको छ ।