चितवन । उपचारका क्रममा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ बर्षिया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेंगु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जस मध्ये दुई जना चितवनका हुन ।
जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये १ हजार ६२१ जनामा डेंगु देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित मध्ये १ हजार ८३ जना चितवनका रहेका छन् । २०३ जनाको ठेगाना नखुलेको र ३३५ जना बाहिरी जिल्लाका रहेका छन् । ७ हजार १८४ जनाको परिक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।